लुम्बिनी विकास बै‌ंकले बाँड्याे पाेखरा १५ मा राहत

समाधान संवाददाता २०७७ वैशाख २३ गते ९:३१

पोखरा

लुम्बिनी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका १५ मा राहत वितरण गरेको छ । कोरोना भाइरकाका कारण भएको लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई राहत वितरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १५ मा रहेका ठाँटीपाटन, गैरीखेत, फलेपाटन, हरियालीमार्ग एवं रामबजार क्षेत्रमा राहत वितरण गरेकाे हाे । दैनिक ज्यालादारिमा काम गर्ने अति न्यून आय भएका श्रमिक, अपांग, असक्त एवं सुकुम्वासी बस्तीका १ सय ३० घरधुरिका घर परिवारहरुलाई राहत वितरण गरेको बैंकले जनाएकाे छ ।

Advertisement

१ लाख ५० हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्य सामग्री वितरण गरेको लुम्विनी विकास बैंक रामबजार शाखाका शाखा प्रबन्धक विक्रम गिरीले जानकारी दिए । उनका अनुसार पोखरा १५ को वडा कार्यालय र टोल विकास संस्था मार्फत राहत वितरण गरिएकाे हाे ।

कार्यक्रममा पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल, बैंकका पूर्व अध्यक्ष सुशीलराज पराजुली लगायत सहभागी रहेकाे रामबजारका शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया