आज यी स्थानमा हुन सक्छ हावाहुरीसहित वर्षा

समाधान संवाददाता २०७८ जेठ १९ गते ७:४५

काठमाडौँ । मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक बदली भएको छ ।

सोही प्रभावले आज दिउँसो र राति प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक दुई स्थानमा मेघगर्जनर चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया