विवेक पुर्याउने बेला हो विघटनमा जान दिनु हुँदैनः सांसद थापा

समाधान संवाददाता २०७८ जेठ २३ गते १७:२४

समाधान संवाददाता, पोखरा

सांसद पद पुनर्बहाली पछि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले साना दलले अब विवेक पु¥याउनुपर्ने बेला आएको बताएका छन् ।

प्रदेश सभा विघटनको बाटोमा जान सक्ने भन्दै उनले अहिले विवेक पु¥याएर निर्णय लिन आग्रह गरेका छन् । थापामाथिको कारबाही सर्वोच्च अदालत आजमात्रै बदर गरिदिएको थियो ।

Advertisement

उनले गलत मनसाय बोकेकाहरुले हराउने योजना बनाए पनि पुरा हुन नसकेको प्रक्रिया दिए । ‘कम्युनिस्टहरुको एकता हुनुपर्छ भन्दै आएको छु । मलाई गलत मनसाय बोकेको गठजोडले हराउने योजना बनाए पनि पुरा हुन सकेन,’ उनले भने, ‘गण्डकीलाई विघटनको बाटोमा जान दिनु हुँदैन । विघटनमा जान नदिने मेरो भुमिका हुन्छ ।’

उनले आफूलाई निर्दलीय व्यवस्था जस्तो गरेर हटाएको भन्दै आपत्ति पनि जनाए । ‘लोकतन्त्रमा निर्दलिय व्यवस्था जस्तो गरेर हटाए,’ उनले भने, ‘साना दलले अहिले विवेक देखाएर स्टेप लिनुपर्छ होइन भने प्रदेश विघटन हुन सक्ने अवस्था आउँछ ।’

Advertisement

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सांसद थापामाथि राष्ट्रिय जनमोर्चाले २९० जेठमा सांसद पद खारेजीको निर्णय गरेको थियो । आफूमाथि कारबाही भएपछि थापाले शुक्रबार सर्वोच्चमा रिट दिएका थिए ।

थापामाथिको कारबाही बदर हुनेभएपछि गण्डकी प्रदेशको सत्ता समिकरण थप रोचक हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया