राजनीतिक चलखेलका लागि गणेश लामा पोखरामा

समाधान संवाददाता २०७८ जेठ २७ गते १७:५५

समाधान संवाददाता, पोखरा


नेपाली कांग्रेससँग आवद्ध युवा गणेश लामा निषेधाज्ञाका बेला पोखरा आएका छन् । सरकारले अहिले सबैतिर निषेधाज्ञा लगाएको छ । तर यही बेला उनी भने पोखरा आएका हुन् ।


गण्डकी प्रदेशको राजनीतिक चलखेलका लागि उनी पोखरा आएको स्रोत बताउँछ । विगतमा गुण्डाको छवि बनाएका लामाले गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने कसरतमा भाग लिएको पनि स्रोतले जनाएको छ ।

Advertisement

लामा पोखराका एकजना कांग्रेस नेताको होटलमा बसिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया