पूर्वमुख्यमन्त्री गुरुङ डेरा सरे
समाधान संवाददाता
२०७८ जेठ ३० गते २१:२८

समाधान संवाददाता, पोखरा
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी निवास छाडेका छन् । राष्ट्र बैंकचोकस्थित मुख्यमन्त्रीको सरकारी निवास गुरुङले आज आइतबार छाडेका हुन् । शनिबार बेलुकामात्रै नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए ।
पोखरा १२ लालीगुँरास टोलमा गुरुङले आइतबार डेरा खोजेका थिए । त्यही डेरामा उनी सरेका छन् । सरकारी निवासबाट परिवारका सदस्य र उनले सामान डेरा सारेका थिए ।
नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आइतबारै सरकारी निवास सरेका छन् ।
======================================
डेरा सर्ने क्रममा गाडीमा फर्सी राख्दै पूर्व मुख्यमन्त्री गुरुङ । तस्बिर सामाजिक सञ्जाल
सम्बन्धित
तपाईको प्रतिक्रिया