फेवा किनारमा वृक्षरोपण

सञ्जय रानाभाट २०७८ साउन २४ गते २१:०१


पोखरा
– फेवाताल किनारा गाईघाट सिमसार पार्कमा आज विरुवा रोपिएको छ । ‘प्राकृतिक भरणपोषण, प्रभावकारी भू–संरक्षण’ भन्ने नाराका साथ ४७ औं भू संरक्षण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ ।


वृहत जलाधार व्यवस्थापन केन्द गण्डकी,कास्की, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ र वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्कीको आयोजनामा ३५ विरुवा रोपिएका हुन् ।

Advertisement

सुगन्ध चाँप, गुलमोहर, राजवृक्ष, असारे लगायतका विरुवा रोपिएको नागरिक समाज कास्कीका पुर्व संयोजक राम पौडेलले बताए ।


प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले वृक्षरोपण सुरुआत गरेका थिए । मन्त्री थापाले बिनायोजना विकास, निर्माणका काम हुँदा वातावरण प्रदूषित हुँदै गएको बताए ।

Advertisement

उनले वातावरण जोगाउन वृक्षरोपणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । ‘प्रदेश बाढी, पहिरोका हिसाबले उच्च जोखिममा छ । संरक्षणमुखी विकास नै दिगो विकासको आधार भएकाले वृक्षरोपण गर्नुपर्छ,’ उनले भने ।’


आइतबार रोपिएको विरुवाको संरक्षण नेपाल प्रहरीले संरक्षण गर्ने छ । वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले बढिरहेको वातावरणीय प्रदूषण कम गर्न सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया