काेराेना काेषमा लेखनाथ साना सहरीको ५ लाख

समाधान संवाददाता २०७७ वैशाख ११ गते १५:०१

पोखरा

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले ५ लाख ५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष विष्णु बरालसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हो ।

नगर प्रमुख जिसीले महानगरको अभियानमा सघाउन खानेपानी तथा सरसफाइ संस्थाले गरेको सहयोग सह्रानीय रहेको बताए । उनले सहयोग सदुपयोग भए नभएको नगरानी गर्न पनि संस्थालाई आग्रह गरे । संस्थाका अध्यक्ष बरालले महानगरको प्रयासमा सहभागिता जनाउन सहयोग गरेको बताए ।

Advertisement

पोखरा महानगरपालिकाको राहत कोषमा बधुबारसम्म ४ करोड २ लाख ८७ हजार ८ सय ९९ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया