पक्राउबाट जोगिन झाडीमा लुकेका थिए राजेन्द्र अधिकारी

समाधान संवाददाता, पोखरा ।
दिउसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा फोन आयो । एउटी महिला रुदै भन्दै थिइन– मलाई शसस्त्रको एसएसपीले बलात्कार गर्याे । खाना खान बोलाएर जबरजस्ती गर्याे ।
फोन उठाउने प्रहरीलाई के गरौं र कसो गरौं भयो । उनले तत्कालै आफ्ना कार्यालय हाकिम एसपी जीवनकुमार श्रेष्ठलाई फोनमा आएको विवरण सुनाए । अनि तत्कालै ती महिला भएको ठाउमा प्रहरी परिचालन भयो । लगत्तै एसएसपी अधिकारीले बलात्कार गरे भन्ने आरोप लगाउने युवती फेला परिन् । उनलाई मेडिकल गर्न पठाउने आदेश दिएर एसपी श्रेष्ठले वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली लामापाटन पठाए ।
तर अधिकारी भेटिएनन् । फेरि एसपीले जिल्ला प्रहरी कार्यालय कै डिएसपीको नेतृत्वमा अर्को टोली पठाए । एएिसपी अधिकारी गायव नै थिए । उनको पिएसओलाई पनि उनी कहाँ छन् थाहा थिएन ।
गाडी भित्रै छ, मान्छे छैनन् । फिल्डमा खटिएको दुवै टोलीले एसएसपी अधिकारी फेला नपरेको रिपोर्टिङ गरे । सशस्त्र प्रहरी बलका उपल्लै स्तरका अधिकारीमाथि यस्तो गम्भीर आरोप लागेपछि एसपी श्रेष्ठले आफूभन्दा माथिको निकायमा खबर गर्न व्यस्त थिए । तर अधिकारी फेला परेनन् भने पछि अर्को तनाव सुरु भयो ।
लगत्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिआइजी घनश्याम अर्यालले एसपी श्रेष्ठलाई आफै फिल्डमा जान आदेश दिए । एसपी श्रेष्ठ लामापाटनमा पुग्दा सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ पनि लामापाटन पुगिसकेका थिए ।
तर बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी वेपत्ता नै थिए । त्यहाँ कार्यरत प्रहरीलाई सोधपुछ गर्दा उनी गेट बाहिर नगएको पुष्टि भयो ।
लामापाटनको क्षेत्र ठूलो छ र झाडी पनि छ । त्यसैले प्रहरीले उनको खोजी क्वाटर भन्दा बाहिर गर्न थाले । त्यसै क्रममा उनी झाडीमा लुकेर बसेको अवस्थामा पक्राउ परे ।
तत्काल उनलाई नियन्त्रणमा घटनाको मुचुल्का उठाउने काममा एसपी सहितको टोली खटिएको छ ।
‘अहिले उहाँ नेपाल प्रहरीको नियन्त्रणमा हुनुहुन्छ । बयान लिने काम भएकै छैन ।’ एसपी श्रेष्ठले समाधानसँग भने–घटनास्थलको अनुसन्धान गर्दैछौं ।
याे पनि
एसएसपीको बलात्कार काण्ड–युवती चितवनकी, खाना खाने निम्तो, दिउसै बलात्कार
सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार आराेपमा पक्राउ







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया