कमालका क्रिस गेल, पञ्जावले हरायाे आरसिबीलाई

समाधान संवाददाता २०७७ असोज ३० गते ७:०९

एजेन्सी

विष्फाेटक ब्याट्सम्यान क्रिस गेललाई याे सिजनमा पहिलाे पटक खेलाएकाे किङ्स इलेवेन पञ्जावले हारकाे श्रृङ्खला ताेडेकाे छ । ढिलाे सुरुवात गरेपनि गेलले अपेक्षाा अनुसार नै प्रदर्शन गरेर टिमलाई विजयकाे ढाेकासम्म पुर्याए ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत युएईको शारजाह क्रिकेट स्टेडियममा बिहीबार राति खेलिएको खेलमा किङ्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हाे ।

Advertisement

जितका लागि प्राप्त १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै हालिस गरेको हो। केएल राहुल र क्रिस गेलको आक्रामक ब्याटिङका सामु बैंगलोरका बलरहरु निरिह भएका थिए।

यो जितका साथ पञ्जाबले लगातार हारको सिलसिला पनि तोडेको छ। यो खेलसँगै पञ्जाबको अंक बढेर ४ भएको छ, तर पञ्जाब अझै अंक तालिकाको पुछारमा छ।

Advertisement

हारका बाबदुद पनि बैंगलोर भने अंक तालिकामा तेस्रो स्थानमा कायम छ।

पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। राहुलले ४९ बलमा अविजित रहँदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको योगदान दिए। यस्तै मायांक अग्रवालले ४५ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।

तपाईको प्रतिक्रिया