दराज अनलाइनको कार्यालयमा चोरी गर्ने ३ जना पक्राउ

समाधान संवाददाता २०८१ वैशाख १२ गते १२:३१

पोखरा ।
पोखराको नयाँ बजारस्थित दराज अनलाइनको कार्यालयबाट नगद चोरी गर्ने तीनजनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले दराजको शौचालयको सिसा फोडेर नगद करिब चोरी गरेका थिए ।

पक्राउ पर्नेमा पोखरा–१५ टुटुंगा बस्ने २९ वर्षीय अर्जुन परियार, पोखरा १० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भइ हाल पोखरा २ नालामुख बस्ने २९ वर्षका लोकेन्द्र बहादुर इटनी रहेका छन् । घटनाबारे थाहा भएपछि वडा कार्यालय वैदामले गरेको अनुसन्धान तथा खोजतलासका क्रममा सोमबार पोखरा –५ पस्र्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित पक्राउ गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया